अर्थ संसार, इनरुवा– सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस