Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबललाई लिएपछि ग्लोबल आइएमईले सुरु गर्ने भयो संयुक्त कारोबार

शुक्रबार, २३ असार २०७४, १२ : ३९ मा प्रकाशित

रिलायबललाई लिएपछि ग्लोबल आइएमईले सुरु गर्ने भयो संयुक्त कारोबार

अर्थ संसार, काठमाडौँ– ग्लोवल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि असार २५ गतेबाट संयुक्त बैंकिंग कारोबार सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकको स्वीकृतिपछि उसले यही असार २५ गतेबाट ग्लोवल आइएमइ बैंकको नामबाट कारोबार गर्न अनुमति प्रदान गरेको हो ।

ग्लोबल रिलायबलबीचको प्राप्तिको लागि बैंकले १००स्८२.९० को स्वाप रेसियोमा सम्झौता भएको थियो र सोहि बमोजिम रिलायबल बैंकका सेयर धनीलाई ८२.९० को सेयर रेसियोमा ग्लोबलको सेयर दिइने जनाइएको छ ।

ग्लोबलले २०७३र७४को आवको तेश्रो त्रैमासमा एक अर्व ४८ करोड खुद मुनाफा आर्जन गरेको थियो । दुई बैंक बीचको प्राप्ति पछि बैंकको चुक्ता पूँजी ८ अर्व ८ करोड पुग्नेछ ।

राष्ट्र बैंकद्वारा तोकिएको चुक्ता पूँजी पुर्याउने यस बैंक कमर्सियल बैंकमध्ये चौथोमा पर्न पनि सफल भएको छ । नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले यस अघि नै चुक्ता पूँजी पुर्याइसकेको छ ।

यो पनि पढ्नुहोस्

बीमा समितिले घटायो बीमा शुल्क, कुनमा के, कति शुल्क (तथ्यांक)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको