Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा

शुक्रबार, २३ असार २०७४, १९ : ४४ मा प्रकाशित

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा

चाबहिलमा पनि खोल्यो शाखा

अर्थ संसार, काठमाडौं– पोखरालाई आधार बनाएर वित्तीय सेवाप्रदानगर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रियकार्यालय स्थानान्तरण गरेको छ । आज एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन शत्रलाई सम्बोधनगर्दै गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजीपुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसीव्यक्त गरेका थिए ।

उनले अब राष्ट्र बैंकले बैंक तथावित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथावित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताएका उनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्य नाफा मुलक व्यवसायमा नलाग्न सुझाव दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामीउ त्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं ।

काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्यकार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमासेवा सुरु गरेको थियो ।

आर्थिक बर्ष २०७३/७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलनतथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरि ४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ ।

केही समय अघिमात्रै १० बराबर ७ (१०ः७)को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्ता पूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।

यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए ।

चावहिलसंगै काठमाण्डौंको सामाखुसी, लाजिम्पाट तथाकलंकी सहित देशभर४७ शाखा र ९ वटा एटीएमबाट बैंकले वित्तीय सेवादिएको छ ।बैंकले चार सय ३४ जना कर्मचारीलाई रोजगारी दिंदै दुई लाख ११ हजार सेवाग्राहीलाई वित्तीय सेवाप्रदानगर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको