अर्थ संसार, बर्दिवास- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ हाथिलेटमा आज १० वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो बाख्रा चराउन गाउँ नजिकैको फारलाइन वनक्षेत्र पुगेकी स्थानीय पृथ्वी दर्लामीकी १० वर्षीया छोरी प्रतिमा दर्लामीको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो ।
बाख्रा चराउन गएका बेला नजिकैको खोल्सीमा नुहाउन लाग्दा चिप्लेर गहिरो पानीमा पुगेर डुबेकी उनको मृत्यु भएको इप्रका, बर्दिवासका प्रहरी निरीक्षक वासु थापाले जानकारी दिनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस