Like us!
Follow us!
Connect us!
Watch us!

'सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा पैसा क्रिप्टोतिर गएको कुरामा केही सत्यता छ'

बसन्त पाण्डे

सोमबार, ०९ फागुन २०७८, १४ : ४५ मा प्रकाशित

'सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा पैसा क्रिप्टोतिर गएको कुरामा केही सत्यता छ'

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर चिरन्जीवी नेपालले केन्द्रिय बैंकले लिने पोलिसी निकै सेन्सिटिभ हुने भएकाले पोलिसीगत कुरामा गम्भीर हुनुपर्ने बताएका छन। अर्थसंसारसँग कुरा गर्दै नेपालले आफू गभर्नर हुँदा १७/१८ वटा समस्याग्रस्त वित्तिय संस्थाहरुलाई समस्यामुक्त गराएको, सो कार्यको लागि राष्ट्र बैंकमा एउटा छुट्टै विभाग नै खडा गरेको र राष्ट्र बैंकका २० जना भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रुपमा ती समस्याग्रस्त संस्थाहरुलाई व्यवस्थापन गरेको स्मरण गर्दै राष्ट्र बैंकले आवश्यकता अनुसार नीतिगत तथा कार्यगत हस्तक्षेप पनि गर्नुपर्ने तर कतिपय कुराहरु स्वतन्त्र रुपमा चल्न दिनुपर्ने बताएका छन। 

यसअघि राष्ट्र बैंक प्रत्यक्ष रुपमै व्याजदर नियन्त्रण गर्ने कार्यमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका नेपालले अहिले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले कोर्स करेक्सन गर्न खोज्नुलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन। अहिले हाम्रो अर्थतन्त्रमा देखिएका समस्याहरु विश्वका प्राय: सबै केन्द्रिय बैंकहरुको लागि नै चुनौती भएको बताउँदै डा. नेपालले कोरोना महामारीको समयमा विश्वका सबै केन्द्रिय बैंकहरुले सहुलियत प्रदान गर्ने नीति लिएका र त्यसको साइड इफेक्टका रुपमा कतिपय समस्याहरु सबैतिर देखिएको पनि बताए। 

हाम्रो जस्तो विकाशशील देशको लागि सबैभन्दा ठूलो समस्या भनेको विदेशी मुद्राको संचिति भएको र हाम्रो मूख्य ध्यान मुद्राको संचिति बढाउनेतर्फ हुनुपर्ने बताउँदै त्यसको लागि आवश्यक पर्ने नीतिगत तथा कार्यगत संरचना बनाउने कुरामा राष्ट्र बैंकले कुनै कसर बाँकी राख्नु नहुने उनले बताए। विकसित हुँदै गएको हाम्रो जस्तो अर्थतन्त्रको लागि कम्तिमा ६ महिनाको आयात धान्न सक्ने मुद्रा संचिति हुनु आवश्यक रहेको बताउँदै उनले कोरोना महामारी लगभग अन्त्य भएकाले विदेशी पर्यटकहरु भित्रिने क्रम बढ्ने हुँदा त्यसले विदेशी  मुद्राको संचिति बढाउन ठूलो भूमिका खेल्न सक्ने बताउँदै  अब सरकारले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा भएको घट्दै गैरहेको रेमिट्यान्स कसरी बढाउने भन्ने विषय रहेको बताएका छन। 

यसअघि राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको क्याप अनावश्यक रहेको बताएका डा. नेपालले राष्ट्र बैंकले सेयर बजारलाइ नियन्त्रण गर्न खोज्दा सेयर बजारमा आउने पैसा क्रिप्टोतिर गएको कुरामा केहि हदसम्म सत्यता रहेको बताएका छन।  अहिले सेयर बजार तथा यस प्रकारका कारोबारमा विश्वव्यापी रुपमै आकर्षण बढिरहेको अवस्थामा विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउनुको साटो क्रिप्टोतिर लगानी गरिरहेको बताउँदै उनले यदि नेपालको सेयर बजारमा नीतिगत स्थिरता भएको भए क्रिप्टोमा जाने पैसा सेयर बजारमा आउने सम्भावना बढेर जाने थियो भन्दै उनले घटिरहेको रेमिट्यान्सलाइ बढाउन सरकारले विशेष किसिमका प्याकेजहरु ल्याउनुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको