Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालका दुवै कम्पनीले बनाए सेयरधनीको हात खाली

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, १० : ५१ मा प्रकाशित

बोटलर्स नेपालका दुवै कम्पनीले बनाए सेयरधनीको हात खाली

बोटलर्स नेपाल लिमिटेडका दुवै कम्पनीले आफ्ना सेयरधनीहरुको हात खाली बनाएक छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीले गत आवको तर्फबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको ४७औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसतै बोटलर्स नेपाल (तराई) लिमिटेडले पनि आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि निर्णय नगरेर ३९औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने निर्णय गरेको छ । यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको