Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न एमाले नेता महेश बस्नेतको माग

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १५ : ३४ मा प्रकाशित

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न एमाले नेता महेश बस्नेतको माग

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् । आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पु¥याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको भन्दै उनले पक्राग गर्न माग गरेका हुन् । 

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पु¥याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।’ उनले बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियानमा जाँदा जेनजीका नाममा प्लेकार्ड देखाउँदै युवाहरू पुगेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको