Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार भने घट्यो

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, १५ : ०८ मा प्रकाशित

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार भने घट्यो

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको परिसूचक आज भने सामान्य अंकले बढेर कारोबार भएको हो । 

आज सेयर बजार परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा पुगेको हो । आज सेयर बजार कारोबार भएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले बढेर ४५७.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको सेयर मूल्य घटेको छ । 

परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब ८२ करोड माथिको कारोबार भएको छ ।  आज सेयर ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर १ लाख २ हजार ६४२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको