नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ भने पहिलो खेल सुदूर र लुम्बिनीबीच बिहान ११ बजेर ४५ मिनेटमा शुरू हुनेछ भने दोस्रो खेल जनकपुर र पोखराबीच अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले यसअघिका ३ वटै खेल जितेर तालिकाको शीर्षस्थानमा रहेको छ भने रोहित पौडेलको कम्तानीमा रहेको लुम्बिनीले ३ खेलमा २ खेल हारेर तालिकाको छैटौं स्थानमा छ । आज लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम आफ्नो विजयी यात्रालाई जारी राख्ने योजनामा रहने छ ।
त्यस्तै अर्काे खेलमा अनिल शाहको कप्तानीमा रहेको जनकपुर र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो संस्करणको खेलमा जितविहीन अवस्थामा रहेका छन् । यी दुवै टीमले जम्मा २ वटा खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेका छन्। जनकपुर पहिलो संस्करणको विजेता टोली हो भने पहिलो संस्करणमा पोखराले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन । अंक तालिकामा जनकपुर सातौं स्थानमा छ भने पोखरा आठौं (अन्तिम स्थानमा) रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस