Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी र भिबोर सोसाइटी गाभियो, ‘लुम्बिनी विकास बैंक’ को नामबाट एकिकृत कारोबार सुरु

आइतबार, २५ असार २०७४, २१ : १२ मा प्रकाशित

लुम्बिनी  र भिबोर सोसाइटी गाभियो, ‘लुम्बिनी विकास बैंक’ को नामबाट एकिकृत कारोबार सुरु

अर्थ संसार,  काठमाडौं– लुम्बिनी फाइनान्स  एण्ड लिजिङ्ग कम्पनि लिमिटेड र   भिबोर सोसाइटी डेभलपमेनट बैंक लिमिटेड एक आपसमा  गाभि आजदेखि ‘लुम्बिनी विकास बैंक’ को नामबाट एकिकृत कारोबार सुरु भएको छ ।

आज एक बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले लुम्बिनी विकास बैंकको बिधिवत समुद्घाटन गर्नुभयो ।

दुई गाभिएपछि  लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान काठमाण्डौं महानगर पालिका वडा नं.–३० (साविक वडा नं. ३३), डिल्लीबजारमा रहनेछ ।

विकास बैंकको संचालक समितिहाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशिल राज पराजुली रहनु भएको छ ।  यसैगरी बैंकको प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत झलक प्रसादखनाले सम्हाल्नु भएको छ ।

गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंकको तत्काल चुक्ता पुँजी रु.२ अरब ८८ लाख पुगेको छ भने रु.३६ करोड ३० लाखपूँजी समायोजन जगेडा कोषमा रहेको छ ।

मर्ज सम्पन्न भएलगत्तै चुक्तापूँजीको १०% का दरले हकप्रद शेयरजारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्तापूँजी पुर्याइने छ ।

यसैगरी संस्थाको कुलनिक्षेप रु.१७ अरव, कर्जा रु.१५ अरव ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट२१  जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको