Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा बन्यो ‘बुलिश इन्गल्फिङ्ग’, प्यानिक भएर सेयर बेच्नेहरु "हेरेको हेर्‍यै"

बसन्त पाण्डे

विहीबार, २६ फागुन २०७८, १६ : ५४ मा प्रकाशित

नेप्सेको चार्टमा बन्यो ‘बुलिश इन्गल्फिङ्ग’, प्यानिक भएर सेयर बेच्नेहरु "हेरेको हेर्‍यै"

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्सेमा उछाल आएको छ। आज नेप्से ५२.३१ अंकले बढ्दै २५६६.९० को बिन्दुमा क्लोज भएको छ।  कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा बढेको छ। बजार महत्वपूर्ण सपोर्ट एरियाबाट फर्किएकाले डाउन ट्रेन्ड सक्काएर अब बजार माथितिरै जाने अपेक्षा धेरैको रहेको छ। 

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

आज सुरुवाती चरणमा बजार केहि घटेको थियो। घट्ने क्रममा बजार २४९६ को बिन्दुसम्म पनि आयो। त्यसपछि बढ्न थालेको बजार क्लोज हुने बेलामा डे हाईमा क्लोज भयो। पछिल्ला घण्टाहरुमा कारोबार रकम पनि क्रमश बढ्दै गएको देखिएको छ। इन्डेक्स बढ्दै जाँदा कारोबार रकम बढ्दै जानुले निकै राम्रो संकेत गर्दछ।  नेप्सेमा आज बुलिश इन्गल्फिंग प्याटर्न बनेको छ।  अघिल्लो दिन बनेको वियरिस क्यान्डललाइ कभर गर्दै ठुलो बुलिश क्यान्डल बन्दा बुलिश इन्गल्फिंग प्याटर्न बन्ने गर्दछ। बजार डाउन ट्रेन्डमा रहेको बेला बुलिश इन्गफिंग प्याटर्न बन्नुले बजार बढेर जाने संकेत गर्दछ। 

इन्डिकेटरहरुले के भन्दैछन् ?

MACD

नेप्सेको डेली चार्टमा MACD इन्डिकेटर लगाएर हेर्दा हिस्टोग्रामहरु छोटो छोटो बन्दै गएको देखिन्छ।  यसले सेलिङ्ग प्रेसर कम हुँदै गएको संकेत गर्दछ।  यसअघि बजार २८२० बाट तलतिर झर्दै गर्दा MACD ले सेल वियरिस क्रसओभर दिएको थियो। यदि आउने दिनमा MACD लाइनले सिग्नल लाइनलाई तलबाट माथितिर काट्दै बुलिश क्रसओभर दियो भने बजार बढेरै जाने सम्भावना उच्च रहन्छ।  

Stoch RSI

Stoch  RSI  एउटा लिडिङ्ग इण्डिकेटर हो। यसले प्राइसले याक्सन लिनुभन्दा पनि अगाडी नै मार्केटको मुभमेन्टको इण्डिकेसन गर्ने गर्दछ। केहि दिनसम्म कन्सोलिडेट भएर तल्लो लेभलमा बसेको SToch  RSI  को फास्ट मुभिंग लाइन अग्रेसिभ्ली माथितिर लागेको छ। Stoch RSI २० भन्दा माथितिर जान सकेमा त्यसले बाई सिग्नल ट्रिगर गर्नेछ।  

ध्यान दिनुपर्ने विन्दुहरू :

२५६० बाट माथितिर लाग्दै नेप्सेले बढ्ने संकेत दिइसकेको छ। बजार तलतिर खस्दै गर्दा बनेको डाउन ट्रेन्डलाइन ब्रेक गर्न नेप्सेले २६०० को एरियालाई ब्रेक गर्नुपर्ने हुन्छ।  यदि आउने दिनहरुमा क्लोजिंग बेसीसमा बजारले २६०० को बिन्दुलाई क्रस गर्न सक्यो भने २७५० को अर्को टार्गेट हुनेछ भने बजार २५०० बाट तलतिर जान थालेमा स्टप लस ट्रिगर हुनेछ।  

6229dd6f26f71.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको