अर्थ संसार,पर्सा– आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ ।
बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको छ ।
भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमान्लाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आप्mनो घर लगेर साथीहरुसँग सामूहिक बलात्कार गरेको थियो ।
बलात्कार गरेर आज बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको जानकारीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
तबरेज र तिनका साथीले यौन सम्र्पकका लागि भन्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख भएको प्रवक्ता जोशीले बताउनुभयो ।
बलात्कारकी शिकार भएकी र अभियोग लागेका तीनै जना अभियुक्तलाई आजै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लागि स्वास्थ्य परीक्षण गराइएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाको छ भने महिलालाई जिप्रकाकै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जनाएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस