Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको गलत नीति र नियमनको अभावले सेयर बजारमा गिरावट आयो : पुर्व गर्भनर नेपाल

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १२ : २० मा प्रकाशित

नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर चिरञ्जीवी नेपालले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावटमा पनि सरकारी नीति र नियमनको अभाव मुलरुपमा जिम्मेवार रहेको बताएका छन् । 

अर्थसंसारकाे कार्यक्रम आर्थिक बहसमा कुराकानी गर्दै उनले समय समयमा सेयर बजारलाई प्रभावित गर्ने गरी आउने देशका उच्च पदस्तहरुको बयानले पनि पछिल्लो गिरावटमा ठुलो भुमिका निर्वाह गरेको बताएका छन् । 

मुलुकको आर्थिक स्थिती संकटपुर्ण रहेको बताउँदै उनले यसको लागी सरकारका निती नै जिम्मेवार रहेको स्पष्ट पारेका छन् । राजनीतिक अस्थिरता र कोरोना संकटबाट थिलथिलो परेको अर्थतन्त्रलाई सरकारले ल्याएको न्युन ब्याजदरमा बैंक तथा वितीय संस्थाहरुले सहुलीयतपुर्ण कर्जा प्रदान गर्नुपर्ने भन्ने व्यवस्थाले थप अफ्ठ्याराे पारेको उनको भनाई छ । साथै अहिलेको समयमा नोट बन्दी भएमा अर्थतन्त्रलाई व्यापक नोक्सान हुने उनको प्रक्षेपण रहेको छ ।

अहिले चलिरहेको रसीया युक्रेन युद्धको कारण अर्थतन्त्रमा विश्वव्यापी प्रभाव पर्ने र नेपालमा पनी डिजेल पेट्रोलको मुल्य बढ्न गई मुल्यवृद्धी आकासीने तर्फ सरकार सचेत हुनुपर्नेमा उनको जोड थियो । 

अहिलेको यो संकटमा पनि सरकारको नितीमा सुधार नआए मुद्रास्र्फीती बढ्न सक्ने पुर्व गर्भनर नेपालको आँकलन छ । डिजेल र पेट्रोलका कारण समय समयमा देखिईरहने समस्याको दिर्घकालिन समाधानका साथै मुलुकको आर्थिक विकाशलाई तिबगतीमा अगाडी बढाउन जलविद्युतको ब्यापक उत्पादन गर्नुपर्ने भएपनि सम्बन्धीत निकायको उदासीनताले त्यो हुन नसकेको उनी बताउँछन् । 

पुर्व गर्भनर नेपालसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको