Like us!
Follow us!
Connect us!
Watch us!

मधेसको समस्या समाधान गर्न एमाले तयार : अध्यक्ष ओली

विहीबार, २९ असार २०७४, २२ : १४ मा प्रकाशित

मधेसको समस्या समाधान गर्न एमाले तयार : अध्यक्ष ओली

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ ।

भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताउनुभयो ।

“तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भन्नुभयो, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।”

उहाँले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी हो भन्नुभयो ।

“तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ ।”

उहाँले मधेसका शहीदलाई अपमान शब्द र त्यहाँका जनतालाई विहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको स्पष्ट पार्दै तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको धारणा व्यक्त गर्नुभयो ।


“विकास, मानव सचेतना र सामाजिक जागरणले तराई–मधेस दुर्गमका पडाडि भू–भागभन्दा पछि परेको छ”– अध्यक्ष ओलीले भन्नुभयोे, “अब दुर्गमभन्दा पछि परेका मधेसका भू–भागलाई हरेक दृष्टिकोणबाट अगाडि लैजानु पर्दछ ।”

उहाँले संविधान सहमतिको दस्तावेज भएकाले कुनै पनि समुदायको विकासमा संशोधन गरेर मद्दत पुग्छ भने संशोधन गर्न एमाले तयार रहेको बताउँदै चुनावपछि एमालेसहितको छलफल गरी संविधान संशोधन गर्न सकिन्छ भन्नुभयो ।

देशको विकास पुँजीवादी नभई समाजवादी अवधारणाबाट अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै एक ठाउँको विकास भएर मात्र समग्र देशको विकास हुन सक्दैन भन्नुभयो ।

उहाँले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने पनि बताउनुभयो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको