Like us!
Follow us!
Connect us!
Watch us!

सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ०८ : २८ मा प्रकाशित

सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी

नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना  माग गरिएकाे छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनकाे पूर्ण विवरण आजकाे गाेरखापत्रमा प्रकाशित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको