Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर क्यान्सर अस्पतालमा वाटर एटिएमको उद्घाटन

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १२ : २७ मा प्रकाशित

भक्तपुर क्यान्सर अस्पतालमा वाटर एटिएमको उद्घाटन

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’का उद्घाटन गरिएको छ । वाटर एटिएमको उद्घाटन खानेपानी मन्त्री उमाकान्त चौधरी गरेका छन् । 

चौधरीले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा विरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिँडभाँड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिम जडानको अभियानलाई अघि बढाइने बताए । 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परिक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँछन् । 

बोर्डका बरिष्ठ प्रशासकिय अधिकृत उदय केसीले उपभोक्ताको लागि २४सै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताएका छन्  । उनले पाँच रुपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए । 

वाटर एटिएम उद्घाटन समारोहमा मन्त्री चौधरीले अन्य अस्पताल र तराईका जिल्लाहरुमा समेत यस्तो प्रविधि जडान गर्न बोर्डलाई आग्रह गर्नु गरे ।बोर्डका कार्यकारी निर्देशक संजिव बिक्रम राणाले बोर्डले स्थापना गरेको वाटर एटिएमबाट उपभोक्ताले शुद्ध खानेपानी चौविसैं घण्टा वितरण गरिरहेको भन्दै आगामी दिनमा सर्बसाधरणको भिँडभाँड हुने सार्वजनिक स्थलमा यसको सेवा विस्तार गर्दै लैजाने बताए । 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको