Like us!
Follow us!
Connect us!
Watch us!

एड्भेन्चर हब बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १२ : ४० मा प्रकाशित

एड्भेन्चर हब बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट

एक दशक भन्दा लामो समय देखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सन्चालन गर्दै आएको पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सन्चालनमा ल्याएको छ ।

काठमाडौबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए ।

स्काइ साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्र्याकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कंडेल बताउँछन् ।

दुइतर्फी दुरि तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती  एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कंडेलले जानकारी दिए । 

रिसोर्टमा जिपलाइन पनि नदि पार गर्ने गरि नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदि पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैया र फोटो भिडियो बनाउन पाँच सय लाग्ने रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए । 

जिपलाइन गरेर नदि पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।

पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भैरहेको कंडेल बताउँछन् ।  

जिपलाइन र स्काइ रोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कंडेलले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको