Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत १८ निर्जीवन बीमा कम्पनी: कुनलाई कति चाहिन्छ थप पूँजी ?

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, ०७ : ५५ मा प्रकाशित

नेप्सेमा सूचिकृत १८ निर्जीवन बीमा कम्पनी: कुनलाई कति चाहिन्छ थप पूँजी ?

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै अहिले बजारमा चारैतिर यही विषयमा चर्चा भइरहेको छ । 

बीमा समितिको चैत्र १० गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

बीमा समितिले चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा तोकिए अनुसारको पूँजी कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने निर्देशन दिएको छ ।

बीमा समितिको पूँजी वृद्धि गर्ने निर्णय: जीवन बीमाको पूँजी ५ अर्ब ,निर्जीवनको २.५ अर्ब

आज हामी यहाँ नेप्सेमा सूचिकृत निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीको बारेमा कुराकानी गर्नेछौँ । हाल नेप्सेमा विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीहरू सूचिकृत छन् । 

नेप्सेमा सूचिकृत १८ वटा ननलाइफ इन्स्योरेन्सहरूमध्ये सबै भन्दा धरै पूँजी वृद्धि गर्नुपर्ने कम्पनीहरुमा अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेड रहेका छन् । त्यसैले यी कम्पनीहरुको पूँजी वृद्धि गर्न जरुरी छ । यी कम्पनीहरुको हालको चुक्ता पूर्जी एक अर्ब रुपैयाँ रहेको छ । 

त्यस्तै कम पूँजी गर्नुपर्नेमा शिखर इन्स्योरेनस कम्पनी लिमिटेड रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब २८ करोड भन्दा माथि छ । यो रकम पनि बीमा समितिले तोकेभन्दा कम हो । त्यसैले यस कम्पनीको पूँजी पनि वृद्धि गर्नुपर्ने देखिन्छ ।

त्यस्तै बीमा समितिको निर्णय अनुसार अन्य १४ कम्पनीहरु सबैको पूँजी वृद्धि गर्नुपर्ने देखिएको छ । यी कम्पनीहरुको पूँजी बीमा समितिले तोके भन्दा कम छ । 

कुन ननलाइफ इन्स्योरेन्सलाई थप पूँजी कति चाहिन्छ भन्ने विवरण तलको तस्विरबाट हेर्न सकिनेछ :

62426baddd2c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको