Like us!
Follow us!
Connect us!
Watch us!

राउण्ड टेबलद्वारा ताराचन्द विद्यालयलाई नवनिर्मित कक्षा कोठा हस्तान्तरण

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, ११ : २९ मा प्रकाशित

राउण्ड टेबलद्वारा ताराचन्द विद्यालयलाई नवनिर्मित कक्षा कोठा हस्तान्तरण

राउण्ड टेबल नेपाल १३ र बिरगंज फेन्ड राउन्ड टेबल ८ ले संयुक्त रुपमा निर्माण गरेको ४ वटा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेको छ । बीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत विद्यालयलाई उक्त ४ वटा कक्षा कोठा हस्तान्तरण गरेको हो ।  

विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नव निर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालय लाई हस्तान्तरण गरेका हुन् । यी नवनिर्मित कक्षाकाठाबाट विद्यार्थी लाभान्विद हुने राउण्ड टेबल नेपालले विश्वास लिएको छ । 

चेत्र ६ राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिगत तीन महिना पहिला विद्यालयमा २६ लाख बरावरको भौतिक पुर्वाधार निर्माण गर्ने अनफुहरुको आयोजना अन्तर्गत आज ४ वटा कक्षाकोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटी, आदि सहित निर्माण गरी हस्तान्तरण गरिएके राउण्ड टेबल नेपालका सदस्यले बताए ।

राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको