Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी एकतामा चुनौती

शुक्रबार, ३० असार २०७४, २१ : २६ मा प्रकाशित

पार्टी एकतामा चुनौती

अर्थ संसार, काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी नेतृत्वले प्रजातान्त्रिक व्यवहारलाई अवलम्बन नगरेमा पार्टी एकतामा चुनौती रहने औँल्याउनुभएको छ ।

यहाँ आज आयोजित कार्यकर्ता भेलामा उहाँले पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाइएका अवस्थामा अध्यक्षले एकपक्षीय रुपमा केन्द्रीय सदस्य मनोनयन गरेकामा त्यसलाई सच्याउन माग गर्नुभयो ।

मुलुकमा विद्यमान समस्या समाधान गरी मधेस केन्द्रित दललाई सहमति र विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव परिमार्जन भएपछि त्यसको पक्षमा रहने निर्णय पार्टीले गरिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीको एकता महधिवेशन सम्पन्न भएको चार महिनासम्म निर्देशक समिति गठन गर्न नसकेका कारण आन्तरिक विवाद चुलिएको छ । पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको