Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा आज, लाभांश समेत पारित हुँदै

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ०८ : ०५ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा आज, लाभांश समेत पारित हुँदै

प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । फाइनान्सको फागुन १९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको पच्चीसौँ वार्षिक साधारण सभा आज चैत्र १६ गते, बुधबार ज्यापु प्रज्ञा भवन, भोलगाणेश, ललितपुरमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

सभामा गत वर्षको नाफाबाट फाइनान्सका सेयधनीहरूलाइ ६% बोनस सेयर र कर प्रयोजनको लागि ०.३१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै सभाले फाइनान्सले भविष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयाेजनका लागि पुस १९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको