Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको अध्यक्षमा अमात्य नियुक्त

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : २५ मा प्रकाशित

प्रभु लाइफको अध्यक्षमा अमात्य नियुक्त

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । 

कम्पनीको चैत्र १६ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले आजै (बुधबार) बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । 

यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले मिति चैत्र १६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएका थिए । २०७४ सालबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा-उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको