Like us!
Follow us!
Connect us!
Watch us!

एनबी इन्सुरेन्सका तीन वटा शाखा एकै दिन

शुक्रबार, १२ कार्तिक २०७३, १७ : ०६ मा प्रकाशित

एनबी इन्सुरेन्सका तीन वटा शाखा एकै दिन


अर्थ संसार
 
काठमाडौं–एनबी ईन्सुरेन्स कम्पनीले एकै दिन तीन वटा शाखा स्थापना गरेको छ । काठमाडौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा शाखा संचालनमा ल्याएको छ । ती शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीले गरे । त्यस अवसरमा स्थानिय उद्योगी, व्यापारीलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणको उपस्थिति थियो । 

शाखाको उद्घाटन कार्यक्रममा बीमा समिति अध्यक्ष केसीले सरकारले अघि सारेको कृषि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न कम्पनीलाई निर्देशन दिए । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीका नयाँ तीनसहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टर छन् । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूंजी २७ करोड पुगेको जानकारी दिंदै निकट भविष्यमै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी दिए । 

कम्पनीमा नयां लगानीकर्ताको रुपमा २०७१ साल माघबाट आईएमई गु्रपलगायत विभिन्न उद्योगी, व्यावसायीको प्रवेशसंगै नयां व्यवस्थापनले कम्पनी संचालन गरेको छ । कम्पनीले आब २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेको छ । साथै करिब ४ करोड खुद नाफा आर्जन गरेको जानकारी अध्यक्षले दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको