Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम दिन झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम साढे ४ अर्ब माथि

अर्थ संसार

शुक्रबार, ०५ असार २०८३, १४ : ५८ मा प्रकाशित

अन्तिम दिन झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम साढे ४ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज १.६३ अंकले बढेको हो ।

आज सेयर बजार परिसूचक २७०२.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४६३.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ । 

परिसूचक बढेको दिन साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको