Like us!
Follow us!
Connect us!
Watch us!

‘सबै भ्रष्टचारमा लिप्त हुँदा अर्थतन्त्र संकटमा, कसैलाई प्रमाण चाहिए म दिन्छु प्रमाण’

अर्थ संसार टक

आइतबार, २० चैत्र २०७८, १२ : ४३ मा प्रकाशित

अहिले अर्थतन्त्रमा देखिएको संकटको प्रमुख कारक तत्व भनेको नै सरकार र राजनीतिज्ञहरु भएको बताउँछन् चार्टड एकाउन्टेन्ट एवं सेयर विश्लेषक नवराज बुर्लाकोटी । 

अर्थ संसारसँगको कुराकानीमा बुर्लाकोटीले भने ‘हाम्रो शास्त्रमा समेत ३ पक्षहरुले पैसा जम्मा गरेर राख्नु हुन्न भनेको छ, पहिले– सरकारले, दोस्रो– राजनीतिज्ञ र अन्य नीतिज्ञ र तेस्रो– गुरुहरु यदि यी तीन पक्षले धन सञ्चित गरे भने जनताले दुख पाउँछन् भनिएको छ । अहिले हाम्रोमा यीनै ३ वटा पक्षहरुले पैसा जम्मा गर्दा यो समस्या आयो ।’

‘पहिलो कुरा त सरकारले पूँजीगत खर्च गर्न सकेको नै छैन, सरकारले धन सञ्चित गर्नै नहुने हो तर सरकारले अहिले धन सञ्चय गरेर राखेको छ वा खर्च गर्नै सकेको छैन, हाम्रा राजनीतिज्ञहरु वा अन्य नीतिज्ञहरु भ्रष्टचारमा चुर्लुम्मै डुबेका छन्, यदि कसैलाई यसको प्रमाण चाहिँन्छ भने मलाई नियुक्त गर्नुहोस् म निकाल्छु प्रमाण’ चुनौती दिँदै उनले भने ‘यो सबैले देखेको र महशूस गरेको कुरा नै हो भन्न डराउनु पर्ने केही छैन, अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा यति धेरै व्यापारिकरण भयो कि उस्तै मान्छैलाई त बाच्नै गार्हो पर्ने अवस्था आएको छ ।'

नीतिगत रुपमा रहेको अस्पष्टताले गर्दा पनि अहिले बैंकिङ प्रणालीमा पैसा नआएको उनको तर्क छ । बैंकमा ७ लाख रुपैयाँ जम्मा गर्दा पनि सबै विवरण बुझाउनु पर्छ, कहाँबाट आयो कसरी आयो सबै भन्नुपर्छ जसका कारण त्यही पैसा इन्फरमल सेक्टरबाट कसरी गईरहेको छ भन्ने तिर नियामकको ध्यान नभएको उनको भनाई छ । 

उनीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको