Like us!
Follow us!
Connect us!
Watch us!

घर–जग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन हुँदैनः प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ०६ : ५२ मा प्रकाशित

घर–जग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  घर–जग्गा काराबारमा सहजीकरण  नगरी तरलताको समस्या सम्बोधन नहुने बताएका छन् । अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैङ्क तथा वित्तीय क्षत्रका प्रतिनिधिसँग सोमबार सिंहदरबारमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् । 

अनुगमनलाई मात्र कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने र घर–जग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बाधन नहुने उनको दाबी छ । बैङ्कको ब्याजदर घटाउने उपाय खोजिएको भन्दै प्रचण्डले ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुुट दिन नसकिने बताएका हुन् ।

“बैङ्कबाट ऋण लिने तर तिर्दिनँ  भन्ने अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ” प्रचण्डले भने । 

ैबैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा.प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तायम रायलगायतका   पदाधिकारीको उपस्थिती थियो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको