Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुब्यो,१२ करोडको सेयर धितो कर्जाको सिमा खारेज हुनपर्छ: पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, २० : ५५ मा प्रकाशित

राष्ट्र बैंकका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुब्यो,१२ करोडको सेयर धितो कर्जाको सिमा खारेज हुनपर्छ: पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले १२ करोडको सेयर धितो कर्जाको सिमा खारेज हुन पर्ने बताएका छन्। आइतबार एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले गरेको कार्यक्रम उनले बैंकरहरुले राष्ट्रबैंकले सेयर धितो कर्तामा क्याप लगाउनुका भन्दा बरु कति प्रतिशत सेयर धितो कर्जावापत ऋण दिने त्यो तोक्ने र यो १२ करोडको क्याप हटाउन पर्ने सल्लाह पाएको तर्क प्रस्तुत गरे। 

राष्ट्र बैंक खुद्रा व्यवस्थापनमा जानु नहुने उनको तर्क थियो। साथै सेयरबजारमा सेयरको भाउ घट्दा पनि बैंकले मार्जिन कल गर्ने कारण पनि बैंकलाई संकट नपर्नेमा उनको जोड थियो। अहिलेको राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुबेको र यो राष्ट्रको नोक्सानी हो भने पाण्डेले पत्रकार सम्मेलनमा बताए। 

सेयरबजार घटनाले सरकारको आम्दानी पनि घटेको र अब १२ को क्याप हटाउन पर्नेमा पाण्डेको जोड थियो। 

पाण्डेले बोलेको भिडियो अर्थसंसारमा केहि समयमा....

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको