Like us!
Follow us!
Connect us!
Watch us!

दुई दशकदेखि बन्द हेटौंडा कपडा सेना–प्रहरीको लगानीमा चलाइने

शनिबार, १३ कार्तिक २०७३, १० : ०१ मा प्रकाशित

दुई दशकदेखि बन्द हेटौंडा कपडा सेना–प्रहरीको लगानीमा चलाइने

अर्थ संसार
काठमाडौं–झण्डै दुई दशकदेखि बन्द अबस्थामा रहेको हेटौंडा कपडा उद्योग सरकार र तीनवटै सुरक्षा निकायको लगानीमा सञ्चालन गरिने भएको छ । 

उद्योग मन्त्रालयको प्रस्तावमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा बसेको निजीकरण समितिको बैठकले कपडा उद्योग सुरक्षा निकायको लगानीमा सञ्चालन गर्ने निर्णय भएको हो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपाल सरकार, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको सयुक्त लगानीमा कपडा उद्योग सञ्चालन गर्ने निर्णय भएको बताए । सरकारले यसका लागि कार्ययोजना बनाइरहेको उनले जानकारी दिए ।

उद्योग संचालनमा ल्याएर  नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कर्मचारी र विद्यालयका लागि आवश्यक कपडा उत्पादन गर्ने सरकारको योजना छ ।  दोस्रो चरणमा बजारमै कपडा पठाउने गरी उत्पादन गर्ने तयारी रहेको मन्त्री जोशीले जानकारी दिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको