Like us!
Follow us!
Connect us!
Watch us!

हिजो आक्रामक बिक्री गरेको ४३ नम्बर ब्रोकरले आज के गर्यो ?

बसन्त पाण्डे

मंगलबार, २९ चैत्र २०७८, १६ : २२ मा प्रकाशित

हिजो आक्रामक बिक्री गरेको ४३ नम्बर ब्रोकरले आज के गर्यो ?

लगानीकर्ताले नरुचाएका गभर्नरको निलम्बन तथा बैशाखमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय जस्ता दुई 'गुड न्युज' हरुले बजार बढाउने अपेक्षा धेरैले गरेका थिए। तर लगानीकर्ताहरुको अपेक्षा बिपरित हिजो सोमबार बजारमा सेलिङ्ग प्रेसर आयो र बजार ४० अंक भन्दा धेरैले घट्यो।

हिजो बजार त्यसरी उच्च अंकले घट्नुको दोष धेरैले ब्रोकर नम्बर ४३ लाई दिए। ब्रोकर नम्बर ४३ बाट हिजो २३ करोड भन्दा धेरैको सेयर बिक्रि भयो। सोमध्ये नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ९ करोड भन्दा धेरै मुल्यको सेयर बिक्रि भयो। २३ करोड भन्दा धेरैको सेयर बिक्रि गरेको ब्रोकरबाट ५ करोडको हाराहारीमा खरिद भएको देखिन्छ। 

हिजो २३ करोड भन्दा धेरै रकमको सेयर बेचेको ब्रोकरबाट आज चाहिँ कति रकम बराबरको सेयर खरिद बिक्रि भयो त भन्ने कुरामा प्राय: सबैजसो लगानीकर्ताहरुको चासो रहेको देखिन्छ।  

हिजो सबैभन्दा धेरै कारोबार गर्न सफल साउथ एसियन बुल्स प्रा. लि. (ब्रोकर नम्बर ४३) आज टप टेन कारोबार गर्ने ब्रोकरहरुको लिस्टमा पनि भेटिएन।  कारोबार रकमको आधारमा मूल्यांकन गर्दा ४३ नम्बर ब्रोकर आज ३७ औं स्थानमा परेको छ।  त्यहाँबाट आज २ करोड ४३ लाख हाराहारीमा खरिद र १ करोड ५० लाखको हाराहारीमा बिक्रि भएको देखिन्छ। आज सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ४५ (इम्पेरिएल सेक्युरिटिज) बाट भएको छ, जहाँबाट ८ करोड २० लाखको खरिद र ७ करोड ९१ लाखको बिक्रि भएको छ।  

हिजो ४३ नम्बर ब्रोकरबाट एक ठूला लगानीकर्ताले सेयर बेचेको स्रोतले जनायो। बैंकले कर्जाको लिमिट घटाउन चैत्र मसान्तसमाको समयसिमा दिएका कारण बैंकिंग प्रणालीबाट  १२ करोड भन्दा बढी कर्जा लिएका ति लगानीकर्ताले कर्जा १२ करोडमा झार्न बाध्य भएर घाटा खाएरै सेयर बेच्नुपरेकाले हिजो ब्रोकर नम्बर ४३ बाट आक्रामक सेलिङ्ग भएको पनि स्रोतले जनाएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको