Like us!
Follow us!
Connect us!
Watch us!

डेढ अर्बको कारोबार हुँदा एउटै ब्रोकरबाट ३०% खरिदबिक्री !

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १५ : ५७ मा प्रकाशित

डेढ अर्बको कारोबार हुँदा एउटै ब्रोकरबाट ३०% खरिदबिक्री !

आज बुधबार नेप्से परिसूचक २९.८९ अङ्कले घट्यो। बजार घटेपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। पछिल्लो समयमा १ अर्ब भन्दा कम रकमको कारोबार हुने गरेको थियो। आज १ अर्ब ४९ करोड भन्दा बढी रकमको कारोबार भएको छ।  

सबैभन्दा चाखलाग्दो कुरा इम्पेरीयल सेक्युरिटिज (ब्रोकर नम्बर ४५) बाट मात्रै ४५ करोडभन्दा धेरैको कारोबार भएको छ। जुन कुल कारोबार रकमको ३०% हुन आउँछ।  
आज इम्पेरीयलबाट २२ करोड भन्दा बढीको खरिद भएको छ भने २३ करोडको हाराहारीमा बिक्रि भएको छ। करिब ४५ करोडको कारोबार हुँदै गर्दा ३२ करोडभन्दा बढीको म्याचिङ्ग भएको देखिएको छ।

१९५० को बिन्दुमा निकै बलियो सपोर्ट रहेको कुरा प्राविधिक विश्लेषकहरु बताउछन। बजार सपोर्टको एरियातिर आउंदै गर्दा कारोबार पनि बढ्दै जानुले महत्वपूर्ण अर्थ राख्ने गर्दछ।  

डेढ अर्बको कारोबार हुँदा एउटै ब्रोकरबाट ३०% खरिदबिक्री !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको