Like us!
Follow us!
Connect us!
Watch us!

५८ र ४५ उचाल्न खोज्ने, २८ र ४३ फालेको फाल्यै

बसन्त पाण्डे

सोमबार, २३ जेठ २०७९, १७ : ५२ मा प्रकाशित

५८ र ४५ उचाल्न खोज्ने, २८ र ४३ फालेको फाल्यै

नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बजार ३२२७ को बिन्दुबाट घटेर २०६५ को बिन्दुमा आईपुगेको छ। अझ पछिल्लो समय त लगातार ८ दिनसम्म एक दिनपनि हरियो नभई बजार एकोहोरो घटेको छ।  

यसक्रममा बजार २३०० बाट तलतिर लाग्दै गर्दा बजार अब यो लेभलबाट धेरै घट्दैन भन्ने प्रक्षेपणका साथ खरिद गर्नेहरु पनि देखिएका छन् भने बजार अझै निकै तलको बिन्दुसम्म जानसक्ने भन्दै अहिलेकै मूल्यमा बेच्दा पनि जितिने प्रक्षेपणका साथ बेच्नेहरुको पनि कमि छैन। 

बजार ११०० को बिन्दुबाट ३२०० को बिन्दुसम्म पुग्दै गर्दा ब्रोकर नम्बर ५८ सर्वाधिक चर्चाको शिखरमा रहन सफल भयो। अवस्था कस्तोसम्म थियो भने ५८ नम्बरको ब्रोकरले एकै दिनमा अर्बौंको कारोबार गर्ने गर्दथ्यो। ५८ ले कुनै कम्पनीको सेयर उठायो भनेपछि लगानीकर्ताहरु सोहि कम्पनीमा झुम्मिन्थे। त्यस्तै यो सुचीमा ४५ नम्बरको ब्रोकरलाई पनि राख्ने गरिन्थ्यो। बजारका नाम चलेका विश्लेषकहरुले कारोबार गर्ने ब्रोकर भनेर चर्चित ब्रोकर नम्बर ४५ को खरिद बिक्रि फ्लोर शिट हेरेर खरिद बिक्रीको निर्णय लिने लगानीकर्ताहरु निकै भेटिन्थे।  

अहिले सेयर कारोबार निकै खुम्चिएको छ। बजार पिकमा हुँदा २२ अर्बको कारोबार हुने बजारमा अहिले मुस्किलले १ अर्बको कारोबार हुन थालेको छ।  
पछिल्लो समयको फ्लोर शिट हेर्दा ५८ र ४५ नम्बरबाट बिक्रिको तुलनामा खरिद बढी देखिन्छ। बजार अब धेरै घट्दैन भन्ने विश्लेषण ५८ र ४५ का लगानीकर्ताहरुले गरेको देखिन्छ। तर ब्रोकर नम्बर ४३ र २८ बाट उच्च खरिद भन्दा बिक्रि बढी भएको देखिन्छ।  आज सोमबारकै तथ्यांक हेर्ने हो भने पनि ब्रोकर नम्बर ५८ बाट ६ करोड १३ लाखको करिड र ३ करोड ८३ लाखको बिक्रि भएको छ। त्यस्तै ४५ नम्बरको ब्रोकर बाट ६ करोड १० लाखको खरिद हुँदै गर्दा ४ करोड ४५ लाखको बिक्रि देखिन्छ। जम्मा १ करोड ९७ लाखको खरिद गरेको ब्रोकर नम्बर ४३ बाट भने ९ करोड ५१ लाख भन्दा माथिको बिक्रि देखिन्छ। त्यस्तै ब्रोकर नम्बर २८ बाट ७ करोड ४१ लाखको बिक्रि भएको छ बहने जम्मा ४ करोड ८८ लाखको खरिद भएको छ।  

किन उच्च सेलिङ्ग प्रेसर आउँदैछ २८ र ४३ बाट ?

जबजब बजार अलिकति हरियो हुन खोज्छ ४३ र २८ को सेलिङ्ग प्रेसर आईहाल्छ। एक विश्वस्त स्रोतका अनुसार १२ करोडभन्दा बढी ऋण भएका ठूला लगानीकर्ताहरुले बैंकको ऋण चुक्ता गर्न सेयर बेच्दा सेलिङ्ग प्रेसर बढेको हो। विशेषगरी ब्रोकर नम्बर ४३ बाट नेपाल लाईफ इन्स्योरेन्सको सेयर उच्च मात्रामा बिक्रि हुने गरेको पाइन्छ भने २८ नम्बरले वाणिज्य बैंक र एलआईसीएन धेरै बेच्ने गरेको छ। बैंक/वित्तिय संस्थाहरुबाट ऋण लिएका लगानीकर्ताहरुले वाणिज्य बैंक/ लघुवित्त र केहि राम्रा इन्स्योरेन्स कम्पनीहरुको सेयर धितोस्वरूप राखेको हुँदा ती कम्पनीहरुमा उच्च सेलिङ्ग प्रेसर आईरहेको ब्रोकरका कर्मचारीहरु बताउँछन। 'राष्ट्र बैंकको ४/१२ को नीतिले एकदमै हानीराखेको अवस्था हो। अब ४/१२ को सेटल गर्न आउने सेलिङ्ग प्रेसर पनि सकिन लाग्यो। अब खासै बजार खस्दैन।' एक ब्रोकर संचालकले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको