Like us!
Follow us!
Connect us!
Watch us!

सुरु भयो ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १४ : १२ मा प्रकाशित

सुरु भयो ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

काठमाडौंस्थित होटल र्याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिन (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ ।

अफेयर्स एजुकेशन एन्ड मिडिया प्रा.लि.ले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुको बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइनेछ । 

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको