Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पिडितसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय, यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

अर्थ संसार

मंगलबार, ३० असार २०८३, २० : ४९ मा प्रकाशित

मिटरब्याज पिडितसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय, यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले मिटरब्याजका सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यो सहित ५ निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले  जानकारी दिएका हुन्  ।

बिभिन्न माग सहित बिगतका सहमति कार्यान्वयन गर्न दवाब सिर्जना गर्न मिटरब्याज पिडित जनकपुर जहाँ बालेन्द्र शाहले जनकपुरमा सभा गरेरे  चुनाबी कार्यक्रम सुरु गरेका थिए त्यहीबाट मार्च सुरु गरेका छन्  ।  उनीहरु आज छैटौं दिन यात्रामा रहेका छन् । उनिहरुसँग आजै प्रधानमन्त्रीको तर्फबाट गृह मन्त्रीले बार्ता गरेका थिए ।

यो सहित आजको मन्त्रिपरिषद् बैठकबाट ६ निर्णय गरेको छ । आजका निर्णय यस्ता रहेका छन् ।

यी हुन् निर्णय-

बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने।

नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको