Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आकर्षण बढदै, ५१ लाख बढीले खोले डिम्याट खाता

अर्थ संसार

शनिबार, ०३ बैशाख २०७९, ०५ : ५१ मा प्रकाशित

सेयर बजारमा आकर्षण बढदै, ५१ लाख बढीले खोले डिम्याट खाता

शेयर बजारमा पछिल्लो समय आकर्षण बढदै  गएको छ । धितोपत्र कारोबार गर्नेको संख्या बढ्दै गएपछि हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्या झण्डै  साढे ५१ लाख पुगेको  हो ।

नेपाल धितोपत्र बोर्डले २०७३ साउन १ गतेदेखि डिम्याट खातालाई अनिवार्य गरेको हो ।  त्यसअघि भौतिक अर्थात् कागजी प्रमाणपत्र शेयर खरीदविक्रीका लागि  आवश्यक  पथ्र्यो । अहिले सबै कारोबार अनलाइनबाट हुन्छ । शेयर खरीदविक्रीका लागि कागजपत्र चाहिने व्यवस्थालाई हटाएर बोर्डले हरेक कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेसँगै यस्तो खाता खोल्ने बढ्दै गएका छन् । 

सिडिएस एण्ड क्लिएरिङ (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ चैत ३० गतेसम्म कूल ५१ लाख ४१ हजार ९६९ डिम्याट खाता खुलेका छन् । यी खातामध्ये कतिपयले दोहोरो खाता खोलेका हुन सक्ने न्यौपानेले बताए । अहिलेसम्म दोहोरोपन परेका खाताको यकिन हुन सकेको छैन । हाल ८१ ओटा निक्षेप सदस्यमार्फत यी खाता खुलेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको