Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलर सेयर खरिदमा केन्द्रित, बिक्री शुन्य

बसन्त पाण्डे

बुधबार, ०७ बैशाख २०७९, १६ : ४१ मा प्रकाशित

नागरिक स्टक डिलर सेयर खरिदमा केन्द्रित, बिक्री शुन्य

दोश्रो बजारमा सेयर कारोबार गर्ने उद्धेश्यले स्थापना गरिएको नागरिक स्टक डिलर गत बुधबार देखि सेयर खरिदमा केन्द्रित भएको देखिएको छ।  १ हप्ताको अवधिमा स्टक डिलरले १ कित्ता पनि सेयर बेचेको देखिएन।  

गएको बुधबार देखि आजसम्मको खरिद बिक्रीको रेकर्ड हेर्दा यस्तो तथ्याङ्क फेला परेको हो। यो एक साताको अवधिमा स्टक डिलरले ७४ करोड बराबरको सेयर खरिद गरेको छ। अप्रिल महिना लागेयता नागरिक स्टक डिलरबाट १ करोड ५२ लाखको खरिद र १७ लाखको बिक्रि भएको देखिन्छ। जसमध्येको ठुलो हिस्सा यसै साता खरिद भएको देखिन्छ।  

अप्रिल ३ मा नेप्से २५०९ को बिन्दुमा क्लोज भएको थियो। आज बुधबार नेप्से परिसूचक २३२० को बिन्दुमा आइपुगेको छ। यसबीचमा नेप्सेमा २०० अंक भन्दा धेरैको गिरावट आइसकेको छ। यसअघि नेप्से परिसूचक २९८२ को बिन्दुसम्म पुगेर त्यहाँबाट झर्न थालेको थियो। २९८२ को बिन्दुबाट हिजो मंगलबारको लो बिन्दु २३१४ सम्म आइपुग्दा नेप्से २२% भन्दा धेरैले खसिसकेको छ। यसअघि ३२२७ को बिन्दुबाट खस्दा २३% को हाराहारीमा खस्दै बजार २४८७ को बिन्दुसम्म आइपुगेको थियो। 

 बजार २२६० बाट बढ्दै २७०० भन्दा माथि जाँदै गर्दा स्टक डिलरको बिक्रि आक्रामक थियो। त्यो बेला डिलरको खरिद नगन्य थियो।  त्यस्तै अहिले बजार तलतल आउंदै गर्दा स्टक डिलरले खरिद केन्द्रित रणनीति अपनाएको देखिन्छ। बजार खस्दै गर्दा किन्दै जाने रणनीति स्टक डिलरको देखिन्छ। नागरिक स्टक डिलरमा सेयर खरिद/बिक्रीको निर्णय लिने विज्ञहरुको टोली छ।  त्यो टोलीले बजार ओभरसोल्ड जोनमा जाँदा किन्ने र ओभरबाउट जोनमा जाँदा बेच्ने रणनिति बनाएको कुरा पछिल्लो तथ्याङ्कले स्पष्ट दर्शाउँछ।  

सेयर बजारले भविष्यलाई आधार बनाउने गर्दछ। भोलिका दिनहरु सकारात्मक रहने, कम्पनीहरुको आम्दानी आगामी दिनमा राम्रो हुने, मुलुकको अर्थतन्त्र राम्रो हुँदै जाने जस्ता सकारात्मक घटनाहरुलाइ आधार मानेर आज मूल्य निर्धारण हुने गर्दछ। अहिले बजार घटेर पिंधतिर आउंदै गर्दा विज्ञ टोली रहेको नागरिक स्टक डिलर खरिद केन्द्रित हुनु र बिक्रि शुन्य गर्नुले यो समय बिक्रि होइन खरिद गर्ने समय रहेको कुरा स्पष्ट पारेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको