Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा झिलिमिलि पार्न मैनवत्तीको किनबेच धेरै (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १५ : ०४ मा प्रकाशित

तिहारमा झिलिमिलि पार्न मैनवत्तीको किनबेच धेरै (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–झिलिमिली चाडको पर्व तिहारका बेला मैनवत्तीको कारोबार निकै बढेको छ । 
लक्ष्मी पूजाको दिन घरघरमा लक्ष्मीलाई भित्र्याउन मैनवत्तीको प्रयोग निकै भएको ब्यापारीको भनाइ छ । लोडसेडिङका बेला उज्यालो पार्न किनिने मैनवत्ती तिहारमा भने ठूलो परिमाणमा किनबेच भएको छ । 
रंगिचंगी मैनवत्ती विभिन्न साइजमा बजारमा उपलब्ध छन् । बुट्टा भरेर आकर्षक बनाइएका मैनवत्ती ग्राहकले बढी रुचाउने असनका ब्यापारी रामकृष्ण महर्जनले बताए । 
तिहारमा उज्यालो पार्न साना आकारका मैनवत्ती बढी प्रयोग हुने गरेको छ । नियमित रुपमा बाल्नलाई भने ठूलो आकारका मैनवत्ती प्रयोग हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर केही मैनवत्ती यहीँ बनाइन्छ । केही तयारी अबस्थाको मैनवत्ती भारतबाट समेत ल्याइन्छ ।
बजारमा मैनवत्तीको कारोबार भइरहेको स्थानमा पुगेर हामीले केही तस्बिर ल्याएका छौं । 

5815bb5eb48c0.jpg 5815bb5eb7909.jpg 5815bb5eda240.jpg 5815bb5f122bf.jpg 5815bb5f35152.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको