Like us!
Follow us!
Connect us!
Watch us!

साढे १२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, ११ महिनामा १ खर्ब ७३ अर्ब आर्जन

अर्थ संसार

बुधबार, १० असार २०८३, १५ : २६ मा प्रकाशित

साढे १२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, ११ महिनामा १ खर्ब ७३ अर्ब आर्जन

जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन् ।

विवरण अनुुसार गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.६२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । 

कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ अगाडि रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.५३ प्रतिशतले बृद्धि गर्दै ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ पु¥याएको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १७.४९ प्रतिशतले बढाएर २२ अर्ब २१ करोड रुपैयाँ र एलआइसी नेपालले ७.२० प्रतिशतले बढाएर १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ३.७६ प्रतिशतले बढेर १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमाको १७.९३ प्रतिशतले बढेर १० अर्ब ६२ करोड, सूर्यज्योति लाइफको ११.२८ प्रतिशतले बढेर १० अर्ब ५२ करोड, एशियन लाइफको १०.८६ प्रतिशतले बढेर ८ अर्ब ७१ करोड, सानिमा रिलायन्सको १२.५६ प्रतिशतले बढेर ६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा आइएमई लाइफको ३०.७९ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ । सर्वाधिक वृद्धिमा आइएमई लाइफ पहिलो नम्बरमा रहेको छ । त्यस्तै यो अवधिमा मेट लाइफको ब्यवसाय १०.१२ प्रतिशतले बढेर ६ अर्ब १० करोड, रिलायबल नेपालको १८.७३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड, प्रभु महालक्ष्मी लाइफको १४.८८ प्रतिशतले बढेर ५ अर्ब २२ करोड र सन नेपाल लाइफको २.५९ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

लघु बीमामा क्रेष्ट पहिलो 

यता ३ लघु बीमामध्ये पहिलो मा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेका छ । कम्पनीले ११ महिनामा ३७ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गरेको छ  । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले ३८ करोड २१ लाख रुपैयाँ र लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले ३० करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । ३ लघु बीमाले कुल १ करोड ६६ लाख ५५ हजार ४८३ बिमालेख बिक्री गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको