Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १० : ०९ मा प्रकाशित

नबिल बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रिमा

नबिल बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ ।

उल्लिखित मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो सेयरहरू अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको