Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट मेकर मानिएका ब्रोकरहरु ५८ र ४५  बाट आक्रामक खरिद; यसले के संकेत गर्दैछ ?

बसन्त पाण्डे

बुधबार, १४ बैशाख २०७९, २० : ३६ मा प्रकाशित

मार्केट मेकर मानिएका ब्रोकरहरु ५८ र ४५  बाट आक्रामक खरिद; यसले के संकेत गर्दैछ ?

आज नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ को बिन्दुमा पुगेको छ। सुरुवाती चरणमा केहि बढेर घट्न थालेको बजार २३४७ को बिन्दुसम्म झरेर त्यहाँबाट बढ्न थालेको थियो। हिजोको तुलनामा कारोबार रकममा पनि केहि सुधार देखिएको छ। हिजो मंगलबार १ अर्ब ४ करोड बराबरको कारोबार भएको थियो भने आज १ अर्ब ८ करोडको कारोबार भएको छ।  

केहि दिनअघि २२८७ को बिन्दुमा झरेको बजार बढेर २४४६ को बिन्दुसम्म पुगेको थियो।  २४४६ को बिन्दुबाट घट्दै आज २३४७ को बिन्दुमा आइपुगेर बजार बढ्नुले प्राविधिक विश्लेषणमा महत्वपूर्ण अर्थ राख्दछ। यसले बजारमा खरिदकर्ताहरु हावी भएको संकेत गर्दछ।  

आज टप ब्रोकरहरुको फ्लोर शिट हेर्दा के देखियो ?

नेपाली सेयर बजारका वास्तविक खेलाडी भनेका ब्रोकरहरु हुन् भन्ने कुरामा प्राय: जानकारहरु सहमत देखिन्छन। नेपालका अधिकांश ठूला लगानीकर्ताहरु पनि ब्रोकरकै सल्लाहमा कारोबार गर्ने भएकाले पनि ब्रोकरहरुबाट हुने खरिद बिक्रीको अनुपातले ठूलो अर्थ राख्ने गर्दछ। त्यस्तै अधिकांश ट्रेडरहरुले  पनि ठूला ब्रोकरहरु बेच्दै छन कि किन्दै छन् भन्ने विश्लेषण गरेर आफ्नो रणनीति बनाउने हुनाले पनि खेलाडी मानिएका ब्रोकरहरुबाट हुने उच्च खरिद वा उच्च बिक्रिले ठूलो अर्थ राख्ने गर्दछ। 

यो बुलको सुरुवातदेखि नै ब्रोकर नम्बर ५८ लाई मार्केट मेकरको रुपमा लिन थालियो। ५८ बाट बिक्रीको तुलनामा खरिद ज्यादा भयो भने आम लगानीकर्तामा बजार अब बढ्छ भन्ने किसिमको मनोविज्ञान विकसित हुने र ५८ बाट ठूलो मात्रामा सेलिङ्ग आयो भने '५८ ले सेयर फाल्यो, बजार अब घट्छ' भन्ने मानसिकताको विकास हुने गरेको छ। त्यस्तै ब्रोकर नम्बर ४५, ब्रोकर नम्बर ४९ तथा ब्रोकर नम्बर ३४ लाई पनि खेलाडी ब्रोकरको रुपमा लिने गरिन्छ। प्रायजसो यी ब्रोकरहरु ठूलो कारोबार गर्ने टप १० ब्रोकरहरुको लिस्टमा पर्ने गर्दछन। आज बुधबार ब्रोकर नम्बर ५८ बाट ९ करोड ४१ लाख बराबरको खरिद हुँदा ६ करोड १६ लाखको मात्रै बिक्रि भएको देखिन्छ। त्यस्तै ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजबाट ५ करोड ५८ लाखको खरिद हुँदा ३ करोड ५१ लाखको बिक्रि भएको देखिन्छ। ब्रोकर नम्बर ४५ इम्पेरीयल सेक्युरिटिजबाट ५ करोड १७ लाखको खरिद हुँदा ३ करोड ७२ लाखको मात्रै बिक्रि भएको देखिन्छ। विगत केहि सातादेखि  नै आक्रामक खरिद गरिरहेको अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९) बाट आज पनि ५ करोड भन्दा बढी रकमको खरिद भएको छ भने ३ करोड बराबरको मात्रै बिक्रि भएको छ।  

ठूलो कारोबार गर्ने ब्रोकरहरु खरिदमा केन्द्रित हुनुले बजार बढ्ने सम्भावना प्रबल रहेको संकेत गर्दछ। विशेषगरी मार्केट मेकरको रुपमा चिनिएका दुई ठूला ब्रोकरहरु नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) र इम्पेरीयल सेक्युरिटिज (ब्रोकर नम्बर ४५) बाट बिक्रीको तुलनामा खरिद रकम धेरै हुनुले बजारमा खरिदकर्ताहरु हावी हुँदै गएको स्पष्ट संकेत गर्दछ।  

626959c33e1e6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको