Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु सेक्युरिटिजले बिर्तामोडमा सेयर सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्दै

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, १४ : ४१ मा प्रकाशित

सुमेरु सेक्युरिटिजले बिर्तामोडमा सेयर सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्दै

ब्रोकर नम्बर ३९ बाट परिचित सुमेरु  सेक्युरिटिज प्रा. लिले  लगानीकर्ता तथा आफ्ना ग्राहकलाई सेयर सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। कम्पनीले उक्त कार्यक्रम वैशाख १६ गते शुक्रबार बिर्तामोड झापाको सिटी सेन्टरको साई पार्टी प्यालेसमा गर्दैछ। 

कार्यक्रममा नेप्सेको तर्फबाट निरन्जन फुयाल, गरिमा क्यापिटलका सिईओ निर्मल भट्टराई, मेरो लगानीका सिइओ अतीत लाल श्रेष्ठ पनि सहभागी हुदैँ छन्। 

सेयर सचेतना आवश्यकता काठमाडौँ भन्दा मोफसल धेरै रहेकोले कार्यक्रम झापाको बिर्तामोडमा गर्न लागेको सुमेरुका सागर खतिवडाले अर्थसंसारलाई जानकारी गराए।  

सुमेरुले आफ्नो कार्यालय काठमाडौँको ज्ञानेश्वर र शाखा कार्यालय बिर्तामोड झापाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ। 

 

626a5eac66d45.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको