स्वरोजगार लघुवित्त वित्तीय संस्थाको करिब ११ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थाको संस्थापक समूहको १० हजार ९१३ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
हाललाई यो सेयरमा संस्थाकै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस