Like us!
Follow us!
Connect us!
Watch us!

भाइ मसलाको अपार ब्यापार (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १५ : ०५ मा प्रकाशित

भाइ मसलाको अपार ब्यापार (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–तिहारलाई भाइ टिका पनि भनिन्छ । 
यस चाडमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएर सगुनका रुपमा भाइ मसला दिन्छन् । भाइ मसलामा धेरै जस्तो सुख्खा फलफूल राखिएको हुन्छ । यसमा काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतका सामग्री हुन्छन् । केही दिन राखेर खान मिल्ने यस्ता फलफूलको ब्यापार निकै बढेको छ । तिहारका बेला अन्य समयभन्दा ७ गुणा बढी कारोबार हुने अनुमान छ । 
यस्ता भाइ मसलालाई विभिन्न आकारका प्याकेट बनाएर सडक पेटीमा बेच्न राखिएको भेटिन्छ । सबै प्रकारका मसला एउटै प्याकेटमा राखेर उपलब्ध गराइने भएकाले चेलीबेटीलाई हरेक मसला छुट्टाछुट्दै किन्ने झन्झट हुँदैन । बजारमा बेच्न राखिएका भाइ मसलाका केही तस्बिर यहाँ समेटिएको छ । 

5815bea1338e3.jpg 5815bea170999.jpg 5815bea1bbf0d.jpg 5815bea1c0dfa.jpg 5815bea226eca.jpg 5815bea2320fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको