Like us!
Follow us!
Connect us!
Watch us!

सूचनाको हकलाई लत्याउँदै ट्रिनीटी कलेज, मिडियालाई प्रवेशमा रोक

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १७ : ४५ मा प्रकाशित

सूचनाको हकलाई लत्याउँदै ट्रिनीटी कलेज, मिडियालाई प्रवेशमा रोक

काठमाण्डौंको डिल्लीबजारस्थित ट्रिनीटी कलेजले सूचनाको हकसम्बन्धी व्यवस्थालाई लत्याईरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस निजी कलेजले मिडियाई प्रवेशमा रोक लगाएको पाईएको हो । 

विभिन्न ठाँउबाट कलेजले चर्को शुल्क असुलीरहेको गुनासो आएपछि अर्थसंसारले त्यसबारे चासो राख्दै सूचना अधिकारीलाई सम्पर्क गर्न खोजेको थियो । तर उनी सम्पर्कमा आउन चाहेनन् । उल्टै विभिन्न किसीमका बहानाबाजी गर्दै उम्कन खोजे । त्यसपछि वास्तविकता थाहा पाँउन कलेज परिसर पुगेका अर्थसंसारकर्मीलाई सुरक्षा गार्ड लगाएर प्रवेशमा रोक लगाईयो।

रिसेप्सनसम्म जान खोज्दा समेत प्रवेशको अनुमती छैन भन्दै रोक्नुका साथै गार्ड मार्फत अशिष्ट व्यवहार पर्दशित भयो । यो विषयमा रिसेप्सनलाई जानकारी गराउँदा कुनै वास्ता नगरी फोन काटियो ।

ट्रिनीटी कलेजले गरेको सूचनाको हक सम्बन्धी व्यवस्थाको यस किसिमको उल्लंघन निन्दनिय छ । देशको चोथौ अंग पत्रकारीता माथीको यो हमलाको अर्थसंसार भर्सना गर्दछ । साथै देशमा लोकतन्त्रको निरन्तर प्रवाह र आमनागरिकको हकहित संरक्षणको लागी यस्ता गैरजीम्मेवार संस्थानहरुलाई राज्यले तुरुन्त कारबाहीको दायरामा ल्याउन जरुरी छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको