Like us!
Follow us!
Connect us!
Watch us!

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, २१ : ५७ मा प्रकाशित

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।

यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरु भएको थियो ।

नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनज्युले भने, ‘जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग)ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, “७४वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पु¥याउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ। यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको