Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाले ल्यायाे “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १७ : ०१ मा प्रकाशित

इसेवाले ल्यायाे “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको हो ।

यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सकाे प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको