Like us!
Follow us!
Connect us!
Watch us!

पचास हजार घुसहित मालपोत अधिकृत पक्राउ

आइतबार, ०८ साउन २०७४, १८ : ४२ मा प्रकाशित

पचास हजार घुसहित मालपोत अधिकृत पक्राउ

अर्थ संसार,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका  अधिकृत र नायब सुब्बालासहित चार जनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ र नायब सुब्बाद्वय राजकुमार घिमिरे र दिनेश रेग्मी र खरिदार दुर्गाप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।

आयोगले संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

उनीहरुलाई वेभ सेकुवा कर्नर कौशलटारबाट यही साउन ६ गते पक्राउ गरिएको र अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको