Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १४ : ४६ मा प्रकाशित

स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे (First Pay) टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल राष्ट्र बैंकद्घारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक (PSO) तथा भुक्तानी सेवा प्रदायक (PSP) लाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

विगत २० वर्षदेखि कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आवद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात् फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (PSP) वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका व्यापार–व्यवसायले फस्र्ट पे नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको