Like us!
Follow us!
Connect us!
Watch us!

पैसा तिर्न नसक्दा शव अस्पतालमै, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १५ : १४ मा प्रकाशित

पैसा तिर्न नसक्दा शव अस्पतालमै, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन् ।

इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनालले सपथ लिनु अगावै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गरेका हुन् । उनले सपथ लिनु अगावै अस्पतालमा अलपत्र युवतीको शव घरसम्म ल्याउन पहल गरेपछि परिवारले अन्त्येष्टि गरेको बताइएको छ ।

माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो । आर्थिक अभावका कारण उनको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइदिएका थिए  ।

मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उनको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किएकी मगर मिर्गौलाको रोगी थिइन् । मृतक मगरको सात वर्षको एक बच्चा छ ।  सामाजिक सेवा गर्न जनताले मत दिएको बताएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको