Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको नाममा अब कारोबार रोकिदैंन - रमेश हमाल, अध्यक्ष, धितोपत्र बोर्ड

अर्थ संसार टक

बुधबार, ११ जेठ २०७९, १८ : ५५ मा प्रकाशित

मर्जरका कारण धेरै लगानीकर्ताहरूकाे लगानी फ्रिज भएर बसेकाे सन्दर्भमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष  रमेश कुमार हमालले नेपालमा राेक्का सम्बन्धी कानून नै नरहेकाे बताएका छन् ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले विभिन्न निकायहरूको आआफ्नै नीति भएपनि रोक्का सम्बन्धी सेबोनको छुट्टै नीति नभएको बताएका हुन् । 

उनले यसै विषयमा केन्द्रत भएर नेप्से भएर सिडिएससीसँग पनि मिटिङ गरिएकाे बताए । राष्ट्र बैंकको भूमिका आफूहरूले निर्वाह गर्न नसकेपनि राष्ट्र बैंकसँग सहकार्य गरेर सहजिकरण गर्ने र राेक्का हुने अवस्था सृजना हुन नदिने उनी बताउँछन् । उनले भने, "संसारको कुनै पनि मुलुकमा एक वर्ष त के ३ महिना पनि राेक्का हुँदैन । याे त अन्याय नै हाे । याे हुनै हुँदैन ।"

मर्जर एक्विजीशन तथा हकप्रद सेयर जारी गर्ने जस्ता जे प्रकृया भएपनि सबैभन्दा पहिला चलखेल बन्द गर्नुपर्ने बताउँदै उनले जनतालाइ बेकुफ बनाउने र सिमित व्यक्तिलाइ फाइदा हुने कुनै पनि कुरा गर्न नहुने बताए । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी भाेलि (बिहीबार) बेलुका ७:३० बजे अर्थ संसारकाे युट्युब च्यानलमा प्रसारण हुनेछ । 

ट्रिजर हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको