Like us!
Follow us!
Connect us!
Watch us!

एमाले नेता नेम्वाङ अस्पताल भर्ना

सोमबार, ०९ साउन २०७४, २० : ४९ मा प्रकाशित

एमाले नेता नेम्वाङ अस्पताल भर्ना

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना हुनुभएको छ ।

मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

“उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान ८ः३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।”

उहाँका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

संविधानसभाका पूर्व अध्यक्षसमेत रहनुभएका नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको